विद्यालय, क्याम्पस अथवा विश्वविद्यालय, जुनसुकै तहको भएपनि परीक्षा भन्ने बित्तिकै आधिकांश विद्यार्थीको मनमा डर उत्पन्न हुने गर्छ | एकातिर परीक्षा बिग्रिन्छ कि भन्ने डर अर्को तिर अभिभावक तथा शिक्षक हरूको अपेक्षाका कारण पैदा हुने दबावका कारण कतिपय अवस्था मा विद्यार्थी हरूमा मानसिक समस्या समेत देखा परेका पाइन्छ |
तथापि परीक्षा प्रति सकारात्मक धारणा बनाई, सही तरिका तथा रणनीति अपनाउंदै नियमित अभ्यास गर्ने हो भने जस्तोसुकै परीक्षाको पनि सामना गर्न तथा सफलता हात पार्न सकिन्छ | यस ब्लग अन्तर्गत तिनै ९ तरिका बारे छलफल गर्ने छौ |
- अग्रिम सुरुवात तथा समय तालिका
परीक्षाको अघिल्लो रात भोग, निन्द्रा त्यागेर, आतिदै अल्मलिँदै कण्ठ गर्दा विरलै सफलता हात पर्न सक्छ | यसको सट्टा कक्षाको सुरुवाती दिनहरू बाटै अध्ययन तथा परीक्षालाई प्राथमिकतामा राखी, उपयुक्त समय तालिका निर्माण गरि त्यसै अनुरूप नियमित अध्ययन तथा अभ्यास गर्नाले आत्मविश्वासको विकास हुनुका साथै परीक्षामा पनि सहजै सफलता हात पर्न सकिन्छ |
- सिकाइ शैलीको पहिचान
विभिन्न अध्ययन अनुसार सिकाइ शैली तथा सिकाइ क्षमता व्यक्तिपिच्छे फरक रहेको पाइन्छ | साधारणतया सिकाइ शैलीलाई ४ भाग मा विभाजन गरिएको छ, जसलाई VARK भनेर बुझिन्छ |
Visual: कुनैपनि विषय तथा पाठमा आधारित दृश्य तथा चित्रहरू हेरेर, देखेर छिटो सिक्ने |
Auditory: कुनैपनि विषय तथा पाठमा आधारित कुरा हरूको बारेमा सुनेर वा आफैले ठुलो आवाजमा पढेर छिटो सिक्ने |
Read & Write: आफैले सक्रिय भएर पढ्दै, लेख्दै, अनुसन्धान गर्दै अध्ययन गर्दा छिटो सिक्ने |
Kin esthetic: आफैले प्रत्यक्ष अनुभव गर्दै अध्ययन गर्दा छिटो सिक्ने |
आफ्नो सिकाइ शैलीको पहिचान गरि त्यसैको आधारमा प्रविधिको उच्चतम् प्रयोग अध्ययन तथा अभ्यास गर्दा प्रभावकारी हुन्छ |
- प्रभावकारी नोट
कक्षामा शिक्षक ले अध्ययन गराउँदा, सहपाठी हरू सँग छलफल गर्दा साथै स्व अध्ययन गर्दा; सक्रिय भई महत्वपूर्ण कुरा हरूको नियमित टिपोट गर्ने, त्यसैको आधारमा नोट बनाउने तथा संशोधनको समय त्यही नोटको प्रयोग गर्दा अध्ययन, अभ्यास प्रभावकारी हुनुका साथै समयको समेत बचत हुने गर्छ |
- विगतका प्रश्नपत्र हरूको अभ्यास
नमुना प्रश्न पत्र, विगतका वर्षका प्रश्न- उत्तर तथा OLD is Gold को आधारमा नियमित अभ्यास गर्नाले परीक्षाको ढाँचा , प्रश्नको प्रकार साथै महत्वपूर्ण तथा दोहोरिरहने प्रश्न बारे थाहा पाउन सकिन्छ | नियमित अभ्यासले अभ्यस्त बनाउनका साथै लेखाइ क्षमताको विकास तथा समय व्यवस्थापनमा समेत टेवा पुर्याउँछ | स्व- मूल्याड्कन गर्न समेत मद्दत गर्छ |
- सक्रिय तथा नियमित संसोधन
आफैले बनाएको नोट, पुराना अध्ययन सामग्री, तथा प्रविधिको उपयोग गरि सक्रिय भएर संसोधन गर्नु पर्छ | विभिन्न अध्ययन अनुसार संसोधन गर्दा;
पहिलो १ दिन पछि, दोस्रो ७ दिन पछि, तेस्रो, १६ दिन पछि र चौथो संसोधन ३५ दिन पछि गर्दा प्रभावकारी हुन्छ | साथै संशोधनको समय POMODORO Technique को समेत प्रयोग गर्न सक्छौ | जसअन्तर्गत २५ मिनेट गहिरो तथा सक्रिय अध्ययन ५ मिनेट विश्राम पुनः सोही प्रक्रिया |
- मेमोरी टेक्निकको प्रयोग
फर्मुला, मिति, ठाउँ को नाम लगायत विभिन्न तथ्य हरू सम्झिन्न मेमोरी टेक्निकका प्रयोग गर्न सकिन्छ | Mnemonics, Acronyms, Mind Mapping, Memory Palace, Numbering, Visualization जस्ता रणनीति हरू इन्टरनेट तथा विज्ञ हरू मार्फत सहजै सिक्न सकिन्छ साथै यसको प्रयोग ले समयको बचत सँगै कुनैपनि तथ्य लामो समय सम्म सम्झिन मदत पुर्याउँछ |
- स्वास्थ्यको ख्याल
परीक्षाको लागि शारीरिक, मानसिक तथा भावनात्मक रुपमा स्वस्थ हुनु अतिनै आवश्यक हुन्छ | सन्तुलित आहार, नियमित व्याम, पर्याप्त निन्द्रा, नियमित योग तथा ध्यान साथै नकारात्मक माहोल बाट टाढा बस्नु नै आफ्नो स्वस्थको लागि उपयुक्त हुन्छ |
- अन्तरक्रिया तथा सहकार्य
यदि कुनैपनि विषय तथा पाठ सम्बन्धी अन्योल भए शिक्षक, सहपाठी वा सिनियर सँग बिना हिचकिचाहट प्रश्न गर्ने , छलफल तथा अन्तरक्रिया गर्ने गर्नाले स्पष्टता आउनुका साथै सम्बन्ध पनि मजबुत बन्दछ |
- सकारात्मक दृष्टिकोण
र अन्त्यमा, विद्यार्थीका लागि परीक्षा महत्वपूर्ण पक्कै हो तर सबथोक भने होइन | परीक्षा मेरा लागि हो, स्व मूल्याङ्कनको लागि हो, एक खुड्किलो बाट अर्को मा जाने आधार हो भन्ने सकारात्मक धारणा राखी नियमित अभ्यास , तथा सुधार गर्नाले सफलता पक्कै हात पार्न सकिन्छ |
शुभकामना !!!