प्रभावकारी अध्ययनका लागि FASTER Technique

पढेको जति सबै कुरा सधैँको लागि सम्झिन पाए, आहा ! क्या काइदा हुने हुने थियो है ? तर हामीले जन्मजात लिएर आएका केही आशीर्वाद हरू मध्य एक “भुल्न सक्ने क्षमता” | हो आशीर्वाद | एकपटक बिचार गरौँ त, यदि हामीले दैनिक सिकेका कुरा, भोगेका भोगाई, भेटिएका मानिस, गएका ठाउँ, दिमाग मा आएका बिचार इत्यादिलाई समयक्रम सँगै नभुल्ने हो भने हाम्रो हालत कस्तो हुन्थ्यो होला ? यही भुल्ने क्रमलाई अनुसन्धानकर्ताहरूले एउटा संज्ञा दिएका छन्, भुल्ने वक्र ( Forgetting Curve)|

विभिन्न अनुसन्धानहरूले देखाए अनुसार, कुनैपनि मानिसले केही नयाँ कुरा सिकेको एक घण्टा पश्चात लगभग ५०% तथा एक दिन अर्थात् चौबीस घण्टा पश्चात् ७०% भुल्ने गर्दछन् | यसको मतलब तपाई एक्लो हुनुहुन्न |

विभिन्न अनुसन्धानहरूको अनुसार मानिसको एकाग्रता क्षमता १० देखि ४० मिनेटको हुन्छ | अर्थात् कुनैपनि नयाँ कुरा सिक्दै गर्दा वा कार्य गर्दा त्यसप्रति को एकाग्रता दिएको समय भन्दा पछि क्रमश घट्दै जान्छ | ब्रेक नलिई लामो समय सम्म एकमात्र काम गरिराख्दा वा एकमात्र विषय वा पाठ अध्ययन गरिराख्दा हाम्रो एकाग्रता भड्किन सक्छ | जसबाट बचेर प्रभावकारी अध्ययन गर्नका लागि हामीले प्रयोग गर्न सक्छौ, पोमोडोरो टेकनिक ( POMODORO TECHNIQUE) | २५ मिनेट सक्रिय तथा गहिरो अध्ययन त्यसपछि पाच मिनेटको स्वस्थ ब्रेक |

साथै यसलाई प्रभावकारी बनाउन हामीले अपनाउन सक्छौ FASTER Technique:

F: Forget (भुल्नु): अध्ययन गर्दैगर्दा शतप्रतिशत एकाग्रताको लागि जे कुराले हाम्रो ध्यान भड्काइ रहेका हुन्छन्, तिनलाई भुल्नु पर्छ | मैले यो पहिला पनि पढेको छु, मलाई यो आउँछ भन्ने मानसिकतालाई भुल्नु पर्छ | प्रत्यक अध्ययन बच्चाको जस्तो जिज्ञासु मानसिकताले गर्नु पर्छ | जुन कुरा अत्यावश्यक तथा महत्वपूर्ण छैन, त्यसलाई भुल्नुपर्छ | हामी मानव स्वभाव ले नै बहुकार्य (Multitasking) गर्न सक्दैनौ | हाम्रा नकारात्मक तथा सीमित मान्यता लाई भुल्नुपर्छ | मेरो मेमोरी पावर कम्जोर छ, म जति पढेपनि सम्झिन सक्दिनँ, पढेर केही हुन्न जस्ता गलत मानसिकतालाई भुल्नु पर्छ |

A: Active (सक्रिय): अध्ययन गर्नु वा नयाँ कुरा सिक्नु भनेको दर्शक बन्नु होइन | खेलाडी बन्नु हो | हाम्रो दिमागको प्रभावकारिता बढाउँन हाम्रो सिकाइ प्रक्रिया सक्रिय हुनुपर्छ | शरीरका सम्पूर्ण इन्द्रियहरू सक्रिय तथा एकीकृत हुनुपर्छ | जतिसक्दो बढी से बढी प्रश्न गर्ने बानीको विकास  बसाल्नुपर्छ | आफ्नै नोट बनाउनु पर्छ | पढ्नको लागि सुत्ने कोठा भन्दा छुट्टै स्थान हुनुपर्छ | सृजनशीलताको प्रयोग गर्नुपर्छ |

S: State (अवस्था ): अध्ययन गर्नु भन्दा पहिले आफैलाई अध्ययन गर्नुपर्छ | आफ्नो शारीरिक, मानसिक तथा भावनात्मक अवस्थाको बारेमा जानकार भई यसलाई ठिक गर्नुपर्छ | बन्चरो मा धार छैन भने जति जोड ले हानेपनि क्षमता अनुरूप काठ काट्न सकिन्न | अध्ययन गर्दै गर्दा वा गर्नु भन्दा पहिले आफ्नो बसाइको बारेमा ख्याल गरि आवश्यक सुधार गर्नुपर्छ ( ढाड लाई सिधा परि कुर्सी मा बस्ने, टेबलको प्रयोग गर्ने ) | दैनिक रुपमा प्राणायाम तथा ध्यान गर्नुपर्छ | अध्ययन गर्दै गरेको पाठ बाट कस्तो लाभ मिल्छ, कल्पना गरि उत्साहित हुनुपर्छ | जिज्ञासु मानसिकताको विकास गर्नुपर्छ |

T: Teach (सिकाउनु ): कुनैपनि पाठ सिक्ने मात्र भन्दापनि सिकाउने अभिप्राय ले अध्ययन गर्दा हाम्रो दिमाग बढी केन्द्रित हुने गर्दछ | अर्को तर्फ सिकाउनु भनेको कुनैपनि पाठ दुई पटक सिक्नु हो | आफै गुरु आफै चेला बन्ने र आफैलाई प्रश्न गर्नुपर्छ | अध्ययन गर्दैगर्दा कक्षा मा आफ्ना साथीहरूको अगाडि उनीहरूलाई सिकाइरहेको कल्पना गर्नुपर्छ | अध्ययन गरिसके पछि, समूह मा छलफल तथा सिकाइको आदानप्रदान गर्ने गर्नुपर्छ | Fynmen Technique को प्रयोग गर्न सकिन्छ |

E: Enter (समावेश गर्नु ): कहिले सम्म कति सिकि सक्नु पर्नेछ, अहिले सम्म कति जानी सकेको छु भन्ने कुरा सदैव दिमाग मा राख्ने गर्नुपर्दछ | आफ्नो लक्ष्यलाई स्पष्ट (SMART) बनाई डायरी मा लेख्ने तथा हरेक दिन प्राप्त गर्नु पर्ने लक्ष्यलाई हरेक दिन बिहान लेख्ने तथा राति पुरा भएको नभएको मापन गर्नुपर्दछ | दैनिक अध्ययन गर्नुपर्ने विषयको तालिका बनाउने तथा अडिग भई पालना गर्नुपर्दछ | आफ्ना उपलब्धीहरूलाई समय- समय मा मापन गर्नुपर्दछ |

R: Revision (दोहोर्याउनु): हामीले सुरुमै भने जस्तो भुल्नु मानिसको प्राकृतिक स्वभाव हो | एक पटक सिकेको कुरा Short Term Memory बाट Long Term Memory मा लानको लागि समय समय मा वैज्ञानिक तवर ले दोहोर्याउनु पर्छ | पहिलो पटक नयाँ पाठ पढेको तिन दिन पछि | दोस्रो पटक सातादिन तथा चौथो बाह्रदिन पछि | पाचौँ पैतीस दिन पछि | साथै नियमित स्व- परीक्षा लिने गर्नु पर्दछ |

यदि हरेक कुरालाई महत्व दिने हो भने कुनै पनि महत्वपूर्ण हुदैनन् | हामी विद्यार्थी हौ भने, अहिलेको हाम्रो प्राथमिकता के हो ? विचार गरौँ | हरेक कर्मको फल प्राप्त हुन्छ, सही फल पाउने कर्मलाई प्राथमिकता मा राखौ | मूल्य नतिरी केही प्राप्त हुन्न, महत्वहीन कुरालाई मूल्यस्वरूप त्याग गरौँ|

शुभकामना रबि किरण

Rabi Keeran

Motivational Speaker

This Post Has 2 Comments

    1. Rabi Keeran

      Thank you so much sir! Hope to get more feedback and support…

Leave a Reply